नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

वीरगन्जमा आएर बसेका तीन जना भारतीय नागरिकमा देखियो कोरोना ‘पोजेटिभ

स्वास्थ्यसमाचार/बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको वताए । । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोछ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

वीरगञ्जका ३ जनाको कोरोना परीक्षण हेटौंडास्थि प्रयोगशालामा गर्दा त्यहाँ कोरोना भएको पुष्टि भएको तर थप पुष्टि गर्नका लागि तीनै जनाको स्वाब केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको बागमति प्रदेशका सामाजीक विकासमन्त्री युवराज दुलालले बताए ।

उनले हेटौंडामा कोरोना पुष्टि भएपछि थप पुष्टि गर्नका लागि टुेक पठाइएको भन्दै कोरोनाबारे सार्वजनिक गर्ने काम हालसम्म केन्दं्र सरकारले गर्दै आएकाले उतै पठाएको बताए ।

 

सम्बन्धित शिर्षक :