कोरोनो कहर : हाम्रो तरखर

डा. बेनुबहादुर कार्की

कोरोनाको कहरले ३ महिना पनि नागिसकेको छ । यस बिचमा बिश्वका २०९ वटा देशमा १०,४७,६६८ ब्यक्ति यसबाट ग्रसित भए भने ८२,०९६ को मृत्यु भई सकेको छ । बिभित्र कारणवस यो कहरको नराम्रो मारमा पर्नेहरूमा हालसम्म उच्च विकसित देशहरू परेका छन् ।

हाम्रो देशमाअहिले सम्मको जानकारी अनुसार ९ जनामा यसको संक्रमण भएको पाईएको छ । तर भारतका जुन प्रदेशमा कार्यरत नेपाली त्यहाँ लकडाउन भएपछि नेपाल प्रवेश गरे र जसरी उनीहरू क्वारेनटाईन वा स्वनिषेधितको अवस्थाबाट गुज्रिए त्यो हेर्दा अहिलेको शान्त अवस्था यस्तै रहि रहला भत्र गाह्रो छ ।

अलपत्र अवस्थामा भारती भुमी वा नेपालमै रहेका नेपाली नागरिकको बिषयमा सर्वोच्च अदालतले हालैमा दिएको निर्णयले ति अलपत्र परेकाहरूलाई ठुलो राहत मिलेको हुनुपर्दछ । अझै घर पुग्ने धोकोमा बाटो बिचमै अलपत्र परेकाहरुका अन्य कतिपय यस प्रकार ग्रसित सवैको उद्घार गरिदिनु बेसै हुने थियो ।

कोरोना कहरको आजको स्थिती भरसक यत्तिकै शान्त भएर जावस यहि भगवानसंग प्रार्थना गरौं । यद्यपि वर्तमान अवस्थामा यो संख्या समुन्द्रमा देखिएको हिउको टुप्पो मात्र हो यो हिउको पहाडको यौटा भाग होईन भनेर हामीले कुम हल्लाउनु गलत हुन सक्तछ ।

कोरोना भाईरसको कहर प्रति हामीले आफ्नो, समाजको र सरकारका तर्फबाट प्रयास पर्याप्त गरेकै देखिन्छ । एक अर्का प्रति केहि असन्तुष्टि हुनु पनि स्वभाविकै हो । तर यसमा ईमान्दार सवै हुनु जरुरी छ । किनकि आखिर कसैन कसैले त न्याय गर्लानि । त्यसकारण के भयो भत्रे चर्चा भन्दा आजसम्मका हाम्रा आफ्ना र बिश्वका तिता मिठा अनुभवले अब के गर्नु पर्छ भत्रे पाठ सिकाउँछ त्यसतर्फ केहि मन्थन गरौं ।

यो कहरबाट जोगिन मुखमा मास्क लगाउनु सामाजीक सञ्जाल लगायत सवै तिर यो यौटा मुल मन्त्रको रुपमा देखिएको छ । तर बिज्ञहरू भन्छन् सर्जिकल मास्क र N95 मास्क स्वास्थ कार्यकर्ताको निम्ति मात्र हो । अरुले आफ्नै घरमा भएको कपडाले ननिस्सासिने गरेर मुख छोपेमा त्यो नै उपयुक्त हुन्छ ।
लकडाउनसँग पनि अब हामी अधिकांस राम्ररी परिचित भईसक्यौं ।

तैपनि कतिपयले त यो किन गरीएको हो, यसको उदेश्य के हो र यसमा हामीले के के र किन गर्नु पर्छ र के के गर्न हुँदैन बुझेको देखिदैन । हुँदाहुँदा लोग्नेलाई रुघाखोकी लाग्यो भने पनि श्रीमतीले खाना पनि एक मिटर लामो पनिउले हालीदिने अथवा घरको मुल मान्छे कहरबाट बिमारी हुँदा कसैले नछुने, सवै एम्बुलेन्सका स्टाफलेनै गर्नु पर्ने र निको भएको समाचारपछि उस्लाई अस्पतालमा घरका मानिस लिन जाँदा ऊ बैरागीएर सदाको निम्ति बेपत्ता हुने अथवा यौटा गरिव नेपाली पेट पाल्न भारत जान्छे अनि बाध्यतावस नदीमा पौडि खेलि नेपाल छिरेको कारणले उस्लाई नाङ्गै बजारमा घुमाईन्छ ।

यी कृयाकलाप साँचो हुन् वा मन गडन्ते त्यो आफ्नो ठाँउमा छ तर यौटा कुरा स्पष्ट के छ भने जनतालाई हामीले पर्याप्त सहयोग पुर्याउन र सुसुचित गर्न निस्चित रुपले सकेनौ । यो काम सरकारको मात्रै हो भनेर समाजसेवी, बुद्घिजीवि वा जानकार सवैले पन्छिन मिल्दैन ।

तर जान्ने भएर आफ्नै हिसाबले काम गर्दै हिड्न पनि भएन । यसमा सरकारले परिस्थिती अनुकुल यथाआवस्यक अगुवाई लिन, नेतृत्वदाई भुमिका खेल्न र मार्ग दर्शन दिन अवस्य पर्दछ । ढिलो अझै भएको छैन । सिङ्गो देश सरकारको साथमा छ । यो मौका नगुमाउँ ।

खुसिको कुरो यो छ कि ऐलेसम्ममा समुदायस्तरमा अथवा कुनै गाँउमा कोरोनाका बिरामी उपचारबिना घरमै मृत्यु भएको सुत्र परेको छैन । तर पनि देशको पश्चिम भागमा यसको त्रास मनग्य छ भन्ने कुरामा सरकार सजग छ भन्ने कुरामा हामी बिश्वस्त छौं । कथङ्काल यो भई हाल्यो भने त्यसको निम्ति तयारी अवस्थामा रहनु जरुरी छ । क्यानाडा जस्तो देशमा यस्तो देखिएकोले नेपालमा पनि सम्भव छ भत्र त मिल्दैन । तर यदि त्यहाँ हुन सक्तछ भने नेपालमा नहोला कसरि भन्ने ?

वर्तमान कहरकोे कठिन अवस्थालाई सधै नकारात्मक दृष्टिकोणले हेर्न पनि मिल्दैन । किनकी हामीले आफ्ना शुभेच्छुकहरू राम्रा देख्यौं र अक्सर यी कठिनाईहरू पश्चातको समय उत्पादनशिलनै हुन्छ पनि । देशले यी कठिनाईको अवस्थामा पाएका साधन, श्रोत र सुविधाका सहयोगको दुरगामी फाईदाहरु उठाउन घेरै राम्रा र उल्लेखनिय काम पनि गर्न सक्तछ

अहिले अस्थाई अस्पताल बनाउने, आइसियु स्थापना गर्ने औषधी र उपकरण जोड जम्मा गर्ने सरकारको यौटा अति प्राथमिकता प्राप्त आयोजनामा परेको छ । यो खुसिलाग्दो कुरो हो । तर यसलाई हामीले क्षणिक समाधान मात्र नसम्झी यसले हामीलाई चिरकालसम्म सहयोग पु¥याईरहने दृष्टिकोणले आफ्ना प्रयास केन्द्रित गर्नु उचित हुनेछ ।

मानौं भोली कोरोनाकोे समस्या सुन्य अवस्थामा पुग्यो, त्यसबेला हुनसक्छ अर्काे यस्तै समस्या आउला , त्यसको निम्ति हामी तयारी अवस्थामा हुनेछौं । यो कारणले हाम्रो काममा केहि ढिलाई भएको भान हुन सक्तछ । तर समयमै अल्प, मध्यम र दीर्घकालिन योजनाको सोंच हुदा केहि ढिलाई भएकोमा चित्त बुझाउने ठाँऊ अवस्य हुन्छ ।”

यी दीर्घकालिन सोंचमा कसैको त्यति बिरोध हुने देखिदैन । किनकी हामीले डेङ्गु ज्वरोको कुरा गर्न थालिनै सकेका छौ,। हात्तिपाईले हामी उन्मुलन गर्ने प्रयासमा छौं , मलेरिया करिव उन्मुलन भईसक्यो भनेर मख्ख परेका छौं । तर अहिलेको परिस्थितीमा यसरि ढुक्क परिहाल्नु उचित होईन । हाम्रा अहिल दीर्घकालिन सोंचका साथ काम गरेर सो की दीघकालिन सोंच अनुसार तयारी गर्दै रह्यौ भने निश्चय पनि भोली आउने सवै प्रकारका आपत्कालिन समस्यामा समाधान गर्नमा निश्चय पनि समयले सरल र सिघ्रता प्रदान गर्ने छ ।

यो देशमा प्राकृतिक र अप्राकृतिक सवै प्रकारका आपत्कालिन अवस्थाहरू आईरहन्छन् र यस प्रकारका संरचनाहरू ति सवैमा तत्काल प्रयोगमा ल्याउन सक्दा निश्चय पनि धन,जन र समयको राम्रो बचत हुन जान्छ । बरू सरकारका आपत्कालिन व्यवस्थाको जानकारी र ती अवस्थामा जनताले के गर्नु पर्दछ भन्ने जानकारी उनीहरूलाई स्पष्ट रुपमा निरन्तर र व्यापक माध्यमहरुबाट समयमै दिई राखेमा त्यसबाट नोक्सान छैन बरू नाफै हुन्छ ।

कोरोना रोगको संक्रमण गति र यसले गर्ने क्षतिलाई दृष्तिगत गर्दै हामीले देशका भित्री कुनाकाप्चा सम्म पनि हाम्रा कार्यक्रमलाइ प्रभावकारी रुपमा लैजान जरुरी यस अर्थमा छ कि नेपालको यौटा व्यक्ति वा यौटा गाँऊसम्ममा पनि यो भाईरस रहुञ्जेल बिश्व सुरक्षित हुन सक्तैन । त्यो अवस्थामा यस्ले नत राजा महाराजालाई छुट दिन्छ नत बिश्वबिख्यात मानवलाई नै ।

लकडाउन र सामाजीक दुरी कहिलेसम्म भन्ने बारेमा गम्भिर रुपमा सोंच्ने बेला आएको देखिन्छ । यसमा नीति निर्माताहरूको ठोस सोंच पक्कै होला । तर आम नागरिकमा दिनदिनै यसले दैनिक जीवनमा थप कठिनाई ल्याउदैछ भने कतिपयमा मानसिक चिन्ताले गर्दा व्यक्तिगत वा पारीवरिक समस्याहरू देखिन थालेको समाचारहरू बरावर आएका छन् जुन् स्वाभाविकै हो । आममानसमा मानसिक समस्या पनि बढ्दै गएका र यसबाट कसरि छट्कारा पाउने चिन्ता बढ्दै गएको समाचार माध्यमहरूमा पाईन्छ ।

यी समस्याको समाधान बिषयमा रेडियो, टिभि र पत्रपत्रिकामा प्रचार प्रसार पनि हुदै नआएका होईनन् । तर समस्या समाधानमा ति पर्याप्त र प्रभावकारी भएका देखिदैनन् । दैनिक ज्याला मजदुरि गरी जीविका गर्ने, खेतिपाति, दुग्ध व्यवसाय, कुखुरा व्यवसायमा संलग्न हुने सवैको आफ्नै समस्या छ जस्लाई सजिलै पन्छाउन पनि मिल्दैन । त्यसकारण लकडाउन कहिलेसम्म गर्ने त भन्ने प्रश्न यी मात्र होईन आमनागरिक सवैमा बरावर उठिरहन्छ ।

यो क्षणमा छिमेकी मुलुक भारतले के गर्दछ भत्रे सोच्नु स्वाभाविक मात्र होईन माथी उल्लेख गरीएझै रोग प्रकोपको दृष्टिकोणले हाम्रो बाध्यता पनि हो । भारतमा यदि लकडाउन छ भनै हामीले मात्र खुल्ला भनेर के त्यो सहि नीर्णय हुनसक्ला र ? किनकि भारतले लकडाउन भत्रुको अर्थ त्यहाँ रोग एकअर्कामा सर्ने सम्भावना अझै छ भन्ने बुझिन्छ ।

यदि हामी कहाँ खुल्ला र भारतमा लकडाउन भएको अवस्थामा त्यँहाबाट मानिस नेपाल आए भने हामीले आउन दिने वा नदिनै । तसर्थ यी र प्राविधिक कारणले नेपालको लकडाउन भारतको निर्णयमा स्पष्ट रुपमा भरपर्दछ ।

फेरि प्रश्न उठ्छ के भने भारतको मात्र हामीले सोच्ने वा विश्वको परिस्थिति ? किनकि अमेरिकामा त साँचै भनु भने अझै लकडाउन सुरू भएकै छैन । विभिन्न प्रान्तले आफ्नो आफ्नै व्यवस्था गरेका छन् । बेलायतमा लकडाउन जुनसम्म पनि लम्बिन सक्तछ भन्ने विचारहरू आईरहेको देखिन्छ । यस परिस्थितीमा सोंचौ हामी अब के गर्ने त ? किनकी हाम्रो देशको भौगोलिक, आर्थीक, सामाजीक अवस्था र विश्वका अरू मुलुकको धेरै अर्थमा यौटै छैन । यस्तै सवैको समस्यासमाधान गर्ने उपाय पनि यौटै नहुन सक्तछन् ।

यसो हेर्दा लकडाउन गरिरहन पनि गाह्रो, खुल्ला गरि हाल्न पनि नसकिने र अहिले सरकारको सोच पनि केहि खुकुलो गर्दै जाने अभिप्राय देखिन्छ । यो ठिक पनि हो । तर खुकुलो भत्राले के र त्यो किन भत्रे कुरो आम जनताले राम्ररी बुझेको हुनु पर्दछ ।

जस्तो नाकमुख रामरी छोपेकै हुनु पर्ने, बाहिरका मानिस संग अत्यावस्यक नपरुञ्जेल भेटघाट नगर्ने, गरिहाले पनि सकेसम्म २ वा कम्तिमा १ मिटरको दुरी राखेर बार्तालाप गर्ने, अर्काले ल्याएको चिज भरसक हातहातै नलिई भईमा राखिदिन भत्रे,ल्याईदिएको वस्तु र ल्याउने ब्यक्तिको सतर्कताको स्तर हेरी आवस्यक परे केहि घण्टा त्यो वस्तु घाममा राख्ने, होईन बिग्रने चिज छ भने त्यो राम्ररी पकाएर मात्र खाने र यस प्रकारको कृयाकलाप पश्चात सम्भव हुने बित्तिकै हात धुईहाल्ने गर्नु पर्दछ ।

यी सावधानिहरु केवल कोरोनाको महामारी होउञ्जेल मात्र होईन तत्पश्चात पनि यथावत गरिरहन आमनागरिकलाई सुसुचित गर्नु पर्दछ । यो सवै गर्नुको मतलव रोग एकअर्कामा मात्र नसरोस् भत्रे होईन बिरामीको संख्या कम भएर अस्पतालमा सेवा प्रदान गर्ने कार्यमा खटिएका चिकित्सक र अरू स्वास्थ्यकर्मिको कार्यवोझ कमि होस र उन्का परिवार र हामी सवैमा पनि खुसियालि छावस् भत्रे हो ।

यो समस्याबाट आज संसारमा कति परिवारमा कति आपत बिपत परेको छ र कति नराम्रोसंग नैरास्यता छाएको भत्रे हामी धेरैलाई सामाजीक सञ्जाल मार्फत अवगत भएकै छ ।ढिलै भएतापनि सरकारले ¥यापिड टेष्ट शुरु गर्नु खुसिको कुरा हो । यस्को नतिजा के आयो भने के कदम चाल्ने भत्रे सोच भएकै हुनुपर्दछ । नतिजा आएपछि गरीने काममा हामी गर्दैछौं हुँदैछ भनेर टार्नु देशलाई नै घातक सिद्ध हुन सक्तछ ।

तसर्थ यदि अझै यो काम गर्न बाँकि नै छ भने ढिलाई नगरी तत्काल शुरू गरी हाल्नु उचित हुने छ । उदाहरणको नीति कठिन परिस्थितीमा काम गर्दा धेरै स्वास्थ्य कार्यकर्ताले भरसक कार्यरत अस्पतालमै वा नजिकको सफा होटलमा खाने बस्ने ब्यवस्था भएमा काममा सजिलो मात्र होईन पारीवरिक चिन्ता र परिवारलाइ रोग सर्ने सम्भावनाबाट केहि टाढो भईने थियोे भत्रे मनसाय देखिएको यो बिचार न्यायोचित नैै हो ।

सरकारले गरेको लकडाउनको नतिजा संतोषजनक आए पनि यो व्यवस्थामा खुकुलोपना ल्याउन निकै सतर्कता र सोंचबाट मात्र निर्णय लिनु उचित हुनेछ । किनकी यसो हेर्दा तत्काल रोग नियन्त्रण भएको देखिएला तर कुन कुनाबाट फेरि शुरु हुने हो ठेगान हुन्न, खास गरेर हाम्रो जस्तो देशमा । स्मरण रहोस कोरोनाको कहर नियन्त्रणमा चिनले देखाएको तदारुकता बिश्व बिख्यात छ ।

तापनि चैत्र २२ र २३ मा त्यहाँ बिरामीको संख्या ३० बाट ३९ र मृत्युको संख्या ४७ बाट ७० पुगेको थियो भने २६ गते नयाँ बिरामी संख्या ६२ रहेकोमा उनीहरु मात्र होईन बिश्व चिन्तित छ । हाम्रो देशमा यस्तो भयो भने विश्व अवस्य पनि तर्सिने छ । यस्तै न्युयोर्क शहरको चिडियाखानामा बाघमा कोरोना भाइरस पाईएको समाचार पनि हामी सामु ताजा नै छ । यसबाट तर्सि भने नहालौं । केवल होसियारी अपनाउ भन्न खोजेको हो ।

यस्तै प्रदेश १ ले स्वास्थ्य कार्यकर्ताको ५० लाख र संघिय सरकारले २५ लाखको विमा गरीदिने जानकारी सञ्चार माध्यममा आएका छन् । यो अत्यन्त सह्रायिन कुरा हो । तर कुन कुन स्वास्थ्य कार्यकर्ताको विमा हुने हो त्यो स्पष्ट गरी उनीहरुको विमा गरीदिई हाल्नु उचित देखिन्छ ।नत्र अनावश्यक झमेला आउन सक्तछ । यसमा सरकारको तदरुकता अवस्य पनि हुनेनै छ ।

बिदेशमा दुःखसुख पसिना बगाएर रिमिटेन्सको माध्यमबाट देशको अर्थ स्थितीलाई राम्रै धानीरहेको अवस्थामा हामीले सधै ति ४० लाख नेपालीले यस्तै अवस्थामा देशलाई काँध हालि रहन सक्लान् भन्न सकिदैन । कोरोना मात्र होईन भोलि अनेकौ अरु स्थिति आउन सक्तछन् । त्यसैले यस्तै बेलामा यदि हामीलेअब आफै आत्म निर्भर हुन्छौं भत्रे सोचका साथ अघाडि बढ्यौं भने निश्चय पनि केहि राम्रो नतिजा आउनेनै छ ।

तर ठोस काम हुनु जरुरि छ , हुदैछ भत्रे भाषणमा मात्र होईन ठोस योजना कार्यान्वयनमा ल्याएर देशवासिलाई चित्त बुझाउनु पनि आज यस्तै बेलामा झन टड्कारो आवस्यकता देखिएको छ ।अन्तमा देशमा रहेका गैह्रसरकारी संस्थासंग छलफल र सहमतिबाट उनीहरुमा भएका अपार स्रोत र समयलाई सदुपयोग गर्ने तर्फ सरकारले त्यति वास्ता गरेको देखिदैन ।

यस सम्वन्धि आन्तरिक छलफल पछि यो बिषयलाई थाति राख्ने निर्णय भएको भए त्यस्मा यहाँ खासै थप छलफल त्यति सहयोग सिद्ध नहोला , नत्र हालको परिवेषमा यो पनि दीर्घकालिन सोंचको सन्दर्भमा यौटा राम्रै उपाय हुनसक्ने थियो ।

खास गरेर स्थानिय स्तरमा गरीने सहयोग, परामर्श सेवा, बाह्य आगन्तुकको जानकारी तथा स्वास्थ्य सेवा पहुच वा सरलिकरणजस्ता कार्यमा सरकारलाई सम्भवत राम्रै सहयोग पुग्ने थियो ।

– लेखक ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका पूर्वनिर्देशक हुन् ।

सम्बन्धित शिर्षक :