लुम्बिनी प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान

जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटाएको छ ।

बुटवलमा फिवर क्लिनिक मार्फत चेकजाँच सबै टोलहरुमा सेवा प्रवाह भइरहेको छ भने सचेतनाका कार्यक्रमहरु पनि चलिरहेका छन् । उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

जनस्वास्थ्यका क्षेत्र संवेदनशिल हुने भएको बताउँदै प्रमुख सुवेदीले एकातिर राहत वितरण, सचेतनाका कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुमार्फत जनस्वास्थ्यको सेवा प्रवाहलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताए ।उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई समय तालिका निर्धारण गर्दै हटलाइन सेवामा खटाइएको छ । नगरका स्वास्थ्य केन्द्रहरुमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ ।

अहिले फिवर क्लिनिक र प्राथमिक स्वास्थ्यका सेवाहरु प्रवाह गरिएका छन् । यी सेवाका अतिरिक्त अब जुनसुकै समयमा पनि उपलव्ध सेवा लिन सक्नेगरि स्वास्थ्यकर्मीहरुको नाम र सम्पर्क नम्बरसहितको जानकारी पत्र वडा र टोल–टोलमा पठाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

हृदया अधिकारी, हस्त हितांग, पदमपाणी अर्याल, सन्तोष पन्थी, पुजन ज्ञवाली, डा. राजिव केसी, राजेन्द्र गिरी तथा युवराज पाण्डेय र खिमबहादुर पौडेललाई हटलाईन सेवामा खटाइएको छ । उनीहरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा खटिएका छन् । उनीहरुको समन्वय र विवरण संकलनको काम उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले गर्नेछन् ।

उनीहरुका सम्पर्क नम्बरहरु उपमहानगरका १९ वटै वडाका सबै टोलहरुमा पु¥याइएको छ । कुनै पनि समस्या परेमा टेलिफोनमा सम्पर्क गरेपछि आवश्यक सेवा प्रवाह गर्नेगरि व्यवस्था मिलाइएको छ ।

बुटवलको कोरोना अस्पतालमा आइसीयू थपिँदै

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितका बेडहरु थप गरिँदै छ ।बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण भएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा १० बेडको आइसीयूसहित भेन्टिलेटर कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीसहित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई, गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम सहित विभिन्न क्षेत्रका स्वास्थ्यकर्मी र प्राबिधिकहरु काममा खटिएका छन् ।

आइतबार बेलुकासम्मका तयार गर्नेगरी काम भइरहेको कोरोना विशेष अस्पताल समन्वय समितिका सदस्यसमेत रहेका गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष आलमले जानकारी दिए ।

बुटवलका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको परीक्षण

यसैबीच बुटवलका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा झण्डै दुई हजार जनाको ज्वरो, रुघाखोकी र स्वासप्रस्वासको समस्यासहितका विभिन्न फ्लूको परीक्षण भएको छ । फिवर क्लिनिकमा आशंका लागेर जचाउँन गएकाहरुको परीक्षण गरिएको हो । उनीहरुमा कोरोनाको त्रास रहेपनि लक्षण भने नरहेको स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिए ।

केही आशंका लागेका वा सामान्य लक्षण मिल्ने एक सय ७१ हरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए ।

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी परीक्षण गरिने

बुटवल उपमहानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक सय ४७ जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरिएको छ ।

बुटवलले वडा नं. १२ तामनगरमा सञ्चालित क्वारेन्टाइनमा १४ दिन बसाई पूरा हुँदासाथ आरडिटी विधिमार्फत् कोरोना परीक्षण सुरु गरिने छ ।
उनीहरुको १४ दिनको बसाई आगामी बैशाख ५ गते पूरा हुने छ । त्यसैदिन सबैको परीक्षण गर्ने प्राविधिकहरु तयारी अवस्थामा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

बुटवलले चैत ३ गते वा सोभन्दा पछि बाहिरी मुलुकबाट आएका व्यक्तिहरुको खोजी गरि क्वारेन्टेइनमा राखेको छ । तिनै व्यक्तिहरुको आरटीडी परीक्षणका लागि प्राविधिकरुलाई तयारी अवस्थामा राखिएको छ ।

सुरु गरिएको हो । प्रदेश सरकारको सहयोग र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा परीक्षणका लागि तयारी गरिएको बुटवल उपमहानगरकाले जनाएको छ ।
उपमहानगरले बाहिरबाट आएर बसेका त्यस्ता व्यक्तिहरुको खोजि गरि विवरण संकलन तथा निगरानीका काम जारी राखेको छ । १९ वटै वडाका टोल बिकास संस्थामार्फत अनुगमन भइरहेको छ ।

सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीति बनाएको छ । भारतबाट आएर क्वारेन्टाइनमा हरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ । सोही अनुसार बुटवलमा पहिलो चरणमा तामनगरको क्वारेन्टाइनबाट यस्तो परीक्षण गरिन लागेको हो ।

हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले बाहिरबाट आएकाको सोधीखोजी क्वारेन्टाइनमा राख्ने, १४ दिनको अवधि पुगेकाको परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो ।

सफाईकर्मीलाई सुरक्षा सामग्री

यसैगरी बुटवल उपमहानगरपालिकाले दैनिक सरसफाइमा खटेका सफाईकर्मी र किटनाशक विषादी छर्किरहेकाहरुरुलाई व्यक्तिगत सुरक्षाको लागि पुरा शरीर छोपिने गाउन, मास्क, ग्लोभ्स, गमबूट, सेनिटाइजर नियमित रुपमा उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक पिपीईसहितका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । सबै स्वास्थ्य संस्थामा यसअघि नै केही थान पीपीइ उपलव्ध गराइसकेको थियो ।

राहत वितरण जारीउपमहानगरपालिकाले उपलव्ध सेवाहरुका अतिरिक्त विपद् राहत कोष, राहत वितरण कार्यक्रमका बारेमा विभिन्न समयमा सार्वजनिक सूचना, जानकारी र अपिल जारी गरिसकेको छ ।

पहिलो चरणमा दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरुको लगत संकलन गरि राहत वितरण गरिसकिएको छ । हालसम्म करिब छ हजार घर परिवारलाई राहत वितरण गरिसकिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान

प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशनले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीका लागि आठ हजार थान मास्क र केही सेनेटाइजर प्रदान गरेको छ ।
उपचारमा जोखिम मोल्दै हरदम खटिरहनुपर्ने स्वास्थ्यकर्मीका लागि हौसला बढाउनका लागि सानै भएपनि सहयोग सामग्री प्रदान गरिएको अध्यक्ष श्रीकृष्ण पोखरेलले बताए ।

उनले अस्पताल बिकास समितिका अध्यक्ष  सुर्यबहादुर भट्राई हस्तान्तण गरे ।भटराईले सकटको बेला स्वास्थ्यकर्मिको लागी राहत हुने बताए ।  प्रदेशसभाषद दधिराम न्यौपाने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल र लुम्बिनी प्रादेशि अस्पताल बबिता बजीमय रहेका थिए ।

सम्बन्धित शिर्षक :