सामाजीक बिकास मन्त्रीको १२ जिल्लाका स्वास्थ्यप्रमुख संग भिडियो सम्बाद

जेष्ठ नागरिक असाहय अपाङगता व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गराउनुस

स्वास्थ्यसमाचार /प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य अवस्था तथा कोरोना विरूद्धको तयारी बारे भिडियो सम्बाद गरेका छन् ।

कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसँग भिडियो संवाद गरेका हुन ।

मन्त्रीले कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको बारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गरेको र आवश्यक तयारीको सम्वन्धमा जानकारी गराएका थिए ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै र्या्पिड टेष्टको लागि किट पठाई सकिएको बताए । ‘आवश्यक परेको खण्डमा माग गर्नुहोला हामी तुरुन्तै पठाईदिन्छौ ।

मन्त्रीले भने( परिक्षणलाई तिव्रता दिन आरटि पिसिआर मेसिन थपेका छौ ।’ मन्त्रीबरालले उच्च मनोवलका साथ स्वास्थ्यकर्मीहरुलाई कार्य खटाउन निर्देशन दिदै त्यसको वातावरण मन्त्रालयले मिलाउने बताए ।

जिल्लाका सबै अस्पतालहरुका सबै सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउन प्रमुखहरुलाई निर्देशन दिएका थिए । साथै दिर्घरोगीहरुको लागि चाहिने औषधीको नियमित व्यवस्थापनको लागि पनि व्यवस्था गर्न निर्देशन दिए।

लक डाउन लम्वीदै जादा अन्य बिरामी मर्कामा परेको बताउदै उनले सबै सेवा सूचारु गराउने व्यवस्था मिलाउनुस मन्त्री बरालले भने । जेष्ठ नागरिक असाहय अपाङगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्न समेत मन्त्री बरालले निर्देशन दिए ।

मन्त्री बरालले जिल्लाका स्थानीय तह, राजनितिक दल, विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी कोरोना भाइरस नियन्त्रणको कार्य गर्न निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यलय प्युठानका प्रमुख बिशाल सुबेदीले वताए ।

सम्बन्धित शिर्षक :