रुपन्देहीको सैनामैनामा एम्बुलेन्स दुर्घटना ३ जना घाइते

सुरेश परियार

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनामा आज एम्बुलेन्स दुर्घटना भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत वडा न९ संगमटोलमा एम्बुलेन्स दुर्घटना हुदाँ सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

बुटवलबाट कपिलबस्तु तर्फ आउँदै गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कपिलबस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा न।३ बस्ने वर्ष २२ का तारिक शाह, दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा न १५ बस्ने वर्ष ३० का अमर थापा,सोही ठाउँ बस्ने २९ वर्षिय डिल्लीराज राउत घाइते भएका हुन् ।

घाइते तिनै जनालाई स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने चालक सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ ।

सम्बन्धित शिर्षक :