भैरहवाको भिममा सुबिधासम्पन्न ३५ बेडको आइसोलेशन अस्पताल

सामाजीक बिकास मन्त्री सुदर्शन बराल द्धारा निरिक्षण

स्वास्थ्यसमाचार /भैरहवा स्थित भिम अस्पतालमा ३५ बेडको सुबिधा सम्पन्न आइसोलेशन अस्पतालमा बनाईएको छ। कोरोरा भाइरस संक्रमितहरुलाई उपचार गर्ने तरिकाले अस्पताल भित्र भेन्टीलेटर ३,आईसियु ५ वेड समेत गरी ३५ वेड बनाइएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले मंगलवार अस्पतालको निरिक्षण गरी उपचारमा कुनै पनि कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन । उनले सरकारले स्वास्थ्यकर्मीको शुरक्षाको लागि कुनै पनि कसर नराखेको बताउदै उनले उच्च आत्मबलको साथ उपचारमा खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

उनले भेन्टीलेटर ३, आईसियु ५ वेड समेत गरी ३५ वेड क्षमताको उक्त आइसोलेशन अस्पतालमा कोरोरा भाइरस संक्रमितहरुलाई उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

मन्त्री बरालले कोरोना अस्पतालमा आबश्यक पिपीई मास्क लगाएका मेडिकल सामाग्री आबश्यकता अनुसार उपलब्ध गराएको बताए ।  उनले लुम्बिनी प्रादेशीक अस्पताल लगायतका अस्पतालको आबश्यकता अनुसार उपलब्ध गराएको मन्त्री बरालले बताए ।

अहिले सम्म प्रदेश ५ मा कोरोना संक्रमितका विरामी फेला परेको छैन । अहिले सम्म २३ जनाको थ्रोड स्वाव परिक्षण गरिएकोमा कुनै पनि विरामीमा पोजेटिभ रिपोर्ट आएको छैन तिन जनाको रिपोर्ट आउन वाकी रहेको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखा परेमा तुरुन्त अस्पतालमा जान सुझाव दिएको छ ।

सम्बन्धित शिर्षक :