कोरोनाबाट बच्न चोकचोकमा हातधुने साबुनपानीको व्यवस्था

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बेलबास सिटिको आयोजना तथा नयागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहकार्यमा बुटवल उपमहानगरपालिका १२ र १३ मा हातधुने तथा खानेपानीको व्यवस्था गरिएको छ ।

कोरोना भाईरसको बिपत्तिबाट बच्नको लागि ब्यवस्थापन गरिएको हो । बुटबलको कलुवा चोक, बेलबास चोक र नयागाउँ चोकमा हात धुने तथा खानेपानीको ब्यबस्था गरिएको लायन्स क्लव अफ बेलबास सिटिका अध्यक्ष लक्ष्मण खडकाले बताए ।

कार्यक्रममा लायन्स डाइरेक्टर पुरुसोत्तम बस्याल, खानेपानी अध्यक्ष रमा के सि, लायन्स अध्यक्ष लक्ष्मण खड्का र डिबि खत्री लगाएतले वोल्दै कोरोना भाईरसबाट बच्नको लागी सबै सचेत हुनुपर्ने बताए ।

सम्बन्धित शिर्षक :