नेपाल स्वास्थ्यकर्मी संघको आठौं केन्द्रीय महाधिवेशनको उद्घाटन उपसभापति गुरुङले गर्ने

महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागि हुने

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौं केन्द्रीय महाधिवेशन पुस १० गते तिलोत्तमा ९, शङ्करपुरस्थित मदानी होटलमा आयोजना हुने भएको छ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ।

महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको र प्रतिनिधिहरू आउने क्रम जारी रहेको स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य बिश्वबन्धु बिनयी ले बताउनुभयो। उहाँका अनुसार महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागि हुनेछन् भने २५ सदस्य बराबर १ प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

बिनयका अनुसार पहिले सर्वसहमति मार्फत निर्णयमा पुग्ने प्रयास गरिने भएपनि नभएमा निर्वाचनमार्फत निर्णय गरिने छ। सङ्घले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक तथा आमन्त्रित अतिथिहरूलाई उद्घाटन कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :