बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स संञ्चालनमा आएको छ ।


रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उक्त एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । एम्वुलेन्सको प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे ।

सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्यमा सबै प्रकारको सेवा यहि प्रदेशबाट दिने तयारीका साथ प्रदेश सरकारले काम अघि बढाएको बताए ।

मन्त्री बरालले गौतमबुद्ध सामुदायीक मुटुअस्पताल ले गुणस्तरीय सेवा उपलब्ध गराएको बताए ।


उनले अहिले पनि स्वास्थ्य सेवा गरिब निमुखानकोे पहुचमा नभएको बताए। निजीअस्पतालले बिरामीको रोग निकोबनाएपनि परिबारलाई मानसिकरोगी बनाउने गराएको बताए ।

मन्त्री बरालले लुम्बिनी प्रादेशि अस्पताल बुटबल र नेपाल गन्जमा रहेको भेरी प्रादेशिक अस्पताल लाई आईसियु रभेन्टिलेटर सहितको एम्वुलेन्स दिन गतबर्ष बजेट बिनियोजन गरेपनि अस्पतालले खरिद गर्न नसक्दा बजेट फ्रिज भएको र यस बर्ष उपलब्ध गराउने बताए ।

अस्पतालका अध्यक्ष एजाज आलमले दिगो रुपमा एक्बुलेन्स संञ्चालन गर्ने बताए। उनले भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चिकित्सक साथमा रहने र भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने बताए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्वुलेन्समा सेवा लिएर काठमाण्डौ गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको समेत आलमले बताए ।

सुभारम्भ कार्यक्रममा प्रत्रकारमहासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पान्डे,रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण प्रसाद पराजुली रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कि गौतमबुद्ध सामुदायीक मुटु अस्पतालका निर्देशक डा शमिर गौतम ले बोलेका थिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका सचिब दिनेश रेग्मीले कार्यक्रम संञ्चालन गरेका थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :