अफिन प्रदेश ५ को अध्यक्षमा खरेल

स्वास्थ्य समाचार/ नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट अफ नेपाल (अफिन )को ५ नं. प्रदेश अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्बाचित भएका छन ।

बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्वसम्मत भएका हुन ।

 

९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दाडका किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत भएका छन । समितिको अन्य सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली पनि सर्वसम्मत भएका छन ।

सम्बन्धित शिर्षक :