तिलोत्तमा नगरपालिकामा यस वर्ष ५ वटा सरकारी स्वास्थ्य संस्था निमार्ण हुने

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्यसहितको ३० महिने मध्यावधि समीक्षा गरेको छ ।

१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् । चालु आर्थिक वर्षमा ५ वटा निमार्णका चरणमा रहेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

हामी स्वस्थ्य नगरबासी स्वच्छ नगरको नारा सहित काम गरिहेका छौं, प्रमुख घिमिरेले भने, ‘सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवाको पहँुचलाई स्थापित गर्ने गरी काम भैरहेको छ । नगरपालिकामा हाल ३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर सञ्ंचालनमा छन् ।

प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था रहने गरी बजेटको समेत व्यवस्था गरिएको छ । नगरपालिकाले नगरका स्थायी बासिन्दाका लागि रगतको सेवा शुल्कलाई निःशुल्क बनाउने व्यवस्था गरेको छ ।नगरमा स्थायी बसोवास भएका व्यक्तिहरुले रक्त सञ्चार केन्द्रबाट रगत सेवा लिएमा वार्षिक १५ पोका बराबरको सेवा शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाएको प्रमुखले बताए।

रगतका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाएको बताए ।नगरपालिकाले जेष्ठ नागरिक तथा गर्भवती महिलाको सुत्केरी सेवाका लागि जिल्ला भित्रका स्वास्थ्य संस्थामा पु¥याउन निः शुल्क एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाको विदाइका लागि प्रतिव्यक्ति ३० हजार दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

गर्भवती र सुनौलो हजार दिनका बालवालिकाको पोषणमा सुधार ल्याउन सुत्केरीसँग उपमेयर कार्यक्रम समेत सञ्चालन भैरहेको मध्यावधी समीक्षामा उल्लेख छ । प्रत्येक संस्थाबाट संचालन हुने खोप कार्यक्रमको लागि भ्याक्सिन नगरपालिकाबाट वितरण हुँदै आएको घिमिरेले बताए ।

सम्बन्धित शिर्षक :