अर्घाखाँचीमा विश्व क्षयरोग दिवसकाे अवसरमा पत्रकारसँग अन्तरक्रिया

अर्घाखाँचीमा २ सय २१ जना, मध्ये महिला ७० र पुरुष १सय ५१ जना क्षयरोगी

स्वास्थ्यसमाचार/जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवस २०८० को अवसरमा स्वास्थ्यकर्मी तथा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाहाले क्षयरोग सर्ने तरिका,परिक्षण,निदान, उपचारको बारेमा जानकारी गराउनु भएको थियोे।

कार्यक्रममा क्षयरोगको अहिलेसम्मको आँकडा बारेमा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग नियन्त्रण कार्यक्रम डट्स फोकल पर्सन बिजय बरालले प्रस्तुत गर्नुभएको थियोे।

उक्त कार्यक्रममा पत्रकार महासंघको तर्फबाट बोल्दै सह/सचिव हृदय भुसालले क्षयरोग नियन्त्रणमा सबै मिलेर लाग्नुपर्नेमा जोडदिनुभएको थियो। अर्घाखाँचीमा २ सय २१ जना, मध्ये महिला ७० र पुरुष १सय ५१ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले बताउनु भयो।

लुम्बिनी प्रदेशमा १ हजार ७ सय ४५ जना क्षयरोगका बिरामीहरू उपचारमा रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांकमा उल्लेख छ।कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षता र विजय बरालको संचालनमा सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षक :