लुम्विनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा शुरु

स्वास्थ्यसमाचार/ लुम्विनी प्रादेशिक अस्पताल बुटबलमा सोमवार डायलाइसिस सेवा शुभारम्भ भएको छ । डायलाइसिस सेवाको एक कार्यक्रम बिच प्रदेश ५ का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गरेका हुन्।

डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पुर्व मृगौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् ।
उनले लुम्बिनी प्रादेशीक अस्पतालमा सेवा थप गर्दै लैजाने बताएका छन् । यसै बर्ष अस्पतालमा न्युरो सेवा बिस्तार गर्न गईरहेको पनि बताए ।

बरालले हेमोडायलाइसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताएका छन ।

मन्त्री बरालले जनताको किड्नी बचाउनु सरकारको काम हो । बिभिन्न बाध्यताले आउने बिरामीको ठिक ढंगले उपचार गर्नु सरकारको कर्तब्य रहेको मन्त्रीको भनाई छ ।उनले एक जनामात्र नभएर समग्र टिमको कामबाट सफता मिल्ने भएकोले सबै जिम्मेवारीको साथ लाग्नुपर्ने बताए ।

सेवा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्रबिन्दु अस्पताल भएकोले सेवाको बारे सबैलाई सुसुचित गर्ने दायित्व भएको बताए । डा खनालले अस्पतालको सेवामा कुनै कमी हुन नदिने पनि बताए ।

लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलाइसिस बिभाग प्रमुख डा शक्ती बस्नेतले डायलाइसिस सेवाको बारे जानकारी गराएका थिए । डा बस्नेतले अहिले ५ बेडबाट यो डायलोसिस सेवा दिने र पछि आबश्यकता अनुसार थप गर्दै लैजाने पनि बताए ।

कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महा शाखा प्रमुख डा उमा शंकर चौधरी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको संञ्चालन नर्सिड अधिकृत ज्योति पौडेलले गरेकी थिईन् ।

सम्बन्धित शिर्षक :