स्वास्थ्यसमाचार/ कपिलवस्तुको तौलिहवामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतहरु अख्तियारको फन्दामा परेका छन् ।
केन्द्रका डा पवन गुप्ता, डा।रुप नारायण श्रेष्ठ र मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट आएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रबाट आएका टोलीले अनुसन्धान गरिरहेको छ ।केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि काठमाडौं लगेको बताए ।
प्रदेश नम्बर ५ सरकारले बाख्रा पालनका लागि १२ लाखमध्ये ६ लाख रुपैयाँ अनुदान दिने गरी कृषि समूहलाई छनौट गरेको थियो ।गत आर्थिक वर्षमा दिइएको अनुदानले अनुगमनका क्रममा आफूहरुले करिब ६० वटा बाख्रा फर्ममा रहेको पाएको केन्द्रका प्रमुख चौधरीले दाबी गरे । तर सो फर्ममा प्रदेश नम्बर ५ को संसदीय अनुगन टोलीले अनुदानको दुरुपयोग गरेको प्रतिवेदन पेश गरेको छ । अहिले फर्ममा बाख्राहरु छैनन् । कृषक समूहले फर्ममा रहेको सबै बाख्राहरु मरेको बताउने गरेको प्रमुख चौधरीले बताए ।
कामै नगरेको कृषक समूहलाई अनुदान बापतको रकम भुक्तानी गर्न तीन जना अधिकृतले सिफारिस गरेका थिए । अख्तियारमा परेको उजुरी र संसदीय समितिले समेत दुरुपयोग गरेको ठहर गरेपछि तीन जना अधिकृतलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रतिकया दिनुहोस्