बुटबलमा स्वास्थ्य प्रमुखहरुलाई जोखिम सञ्चार निर्देशिका कार्यान्वयनका लागी अभिमुखीकरण

स्वास्थ्यसमाचार/नेपाल सरकार स्वाथ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत जोखिम सञ्चार तथा सामुदायिक सहभागीता निर्देशिका २०७८ बमोजिम लुम्बिनी प्रदेश र स्थानीय पालिकामा समिति गठन प्रक्रिया अगाडी बढेको छ ।

प्रक्रियाको पहिलो चरण अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयको आयोजनामा प्रदेशका १२ वटै जिल्लाका स्वाथ्य कार्यालय प्रमुख र ५३ वटा स्थानीय तहका स्वाथ्य शाखा प्रमुखहरुको वीचमा निर्देशिका कार्यान्वयन, समिति गठन को विषयमा अभिमुखीकरण तथा अन्तर संवाद गरिएको छ ।

 

बुटवलमा आयोजना गरिएको कार्यक्रममा महाशाखाका प्रमुख स्वाथ्य शिक्षा प्रशासक डा. राधिका थपलियाले सहजीकरण गर्दै यसको आवश्यकता, माग, प्रभावका रीताको विषयमा प्रकाश पारेक थिइन । उनले जोखिमको अवस्थालाई बर्गीकरण गर्दै सोही अनुसार सेवा प्रवाहमा लाग्न सकेमा संभावित गलत आफहवा र गलत जानकारी फैलिन बाट जोगिन सकिने बताइन ।

कार्यक्रममा डा. मुकेश पौडेल, डा. गुणनिधि शर्मा, विश्व स्वाथ्य संगठनका डबल बहादुर बिसीले सहजीकरण गरेका छन् । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा स्थानीय तहमा समेत समिति गठन बारेमा छलफल हुने छ ।

५३ वटा स्थानीय तह मध्ये रुपन्देहीका १६ वटा पालिका, पाल्पाका १० वटा पालिका, कपिलवस्तुका १० वटा, दाङका १० वटा र प्यूठानका ९ वटा पालिकाका स्वाथ्य शाखा प्रमुखहरु सहित प्रदेशका सबै जिल्लाका स्वाथ्य कार्यालयका प्रमुखको सहभागीता रहेको स्वाथ्य निर्देशनालय लुम्बिनी प्रदेशका रोग महामारी फोकल पर्सन खिमलाल पाण्डेले जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :