स्थापना दिवसमा औषधीथोक व्यवसायी रुपन्देहीको त्रिवेणीधामा निशुल्क औषधी बितरण

स्वास्थ्यसमाचार नेपाल औषधी थोक व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले स्थापना दिवसको असरमा  त्रिवेणीधाम ज्येष्ठ नागरिकलाई निशुल्क औषधी बितरण गरेको छ।

थोक औषधी व्यवसायी संघ जिल्ला शाखाले आफनो स्थापना दिबशको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी तथा औषधिजन्य सामाग्री वितरण गरेको हो।

 

संघका अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार  त्रिवेणी धाम आश्रममा रहेका बृदबृदाहरुलाई  औषधी तथा औषधी जन्य बितरण गरेको बताउनु भयो उहाले त्यहा रहेका बृदबृदाहरुलाई नि क्याप,बेल्ट मालिस तेल माक्स हटबाटरब्याग सिटामोल लगायतका  औषधी उहाँहरुलाई प्रदान गरेको बताउनु भयो।

उक्त अबसरमा जिल्ला उपाध्यक्ष सुदीप पाण्डेय,सचिब करन न्यौपाने सदस्यहरु महेश पन्थी सरोज घिमिरे लगायतका पदाधिकारीहरु उक्त आश्रममा गई शाखा, स्थापनाको अबसरमा बितरण गरेको सचिब न्यौपानेले बताउनु भयो।

 

 

सम्बन्धित शिर्षक :