पाल्पा जिप दुर्घटना ८ जनाको मृत्यु १५ घाईतेलाई अस्पताल पठाईयो

घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास उपचार हुदै

स्वास्थ्यसमाचार/पाल्पामा जिप दुर्घटना हुदा ठुलो हाताहाती भएको छ। दुर्घटनामा ८ जनाको ज्यान गएको छ। भने १५ जनालाई उद्धार गरी अस्पताल पठाईएको छ।तिनाउ गाउपालिका वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनका अनुसार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य गम्भिर अवस्थाका घाईतेहरुको उद्धार गरी अस्पताल पठाईएको छ।

पाल्पाको तिनाउ गाउपालिका डुम्म्रेबाट वडा नं ६ शिखरडाडा जांदै गरेको जिप दुर्घटना भएको हो। जिप सडकबाट ४० मिटर जती तल खसेको छ।जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यात्रुहरु बोकेर तिनाउ गाउपालिका ६ चिदिक जांदै गरेको लुख १ ज २३७१ नंको जिप दुर्घटना भएको हो।

दुर्घटना भएको छ हामी उद्धारमा छौं के कती मानविय क्षती भयो भन्ने एकिन भएको छैन् जिल्ला टाफक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक राजकुमार चापागाईले भने।वडा अध्यक्ष पुनका अनुसार बिद्यालय बिदा भएर श्रीपन्चमीको पुजाका लागि आएका बिद्यार्थी र बाहिर बाट आएका पाहुनाहरु दुर्घटनामा परेको बताए।

तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले यात्रुवाहक जिप दुर्घटना भएको र घाईतेहरुको उपचारका लागि प्रवास स्थित लुम्विनी मेडिकल कलेज पठाईएको बताए। मृतकहरुको संख्या अझै बढन सक्ने बताईएको छ।

सम्बन्धित शिर्षक :