अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा म्युजिकल कन्सर्ट हुने

स्वास्थ्यसमाचार/अन्तराष्ट्रिय कन्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात माघ ३० गते मंगलबार बुटवलमा भव्य म्युजिकल कन्सर्ट हुने भएको छ । युवा युवतीहरुलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाईदाहरुको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चौकका भव्य कार्यक्रम हुन लागेको हो ।

आस्था समुह बुटवल र स्वाथ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलाकार काली प्रसाद बास्कोटाको विशेष प्रस्तुती रहने छ ।

सार्वजनिक स्थानमा अयोजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कन्डम वितरणको कार्यक्रम समेत आयोजना गरिएको ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए ।

सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्सर्टको विषयमा जानकारी दिदै उनले उक्त कार्यक्रममा काली प्रसाद बास्कोटा सहित अन्य स्थानीय सत्यलाई कार्ल केन्द्रको सास्कृतिक कार्यक्रम सहित सचेतनामुलक नाटक समेत प्रस्तुत गरिने जानकारी दिए ।

उक्त कार्यक्रममा सहरी कदम नेपालको संयोजकत्वमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागीता रहने छ ।

ए एच एफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ ।

ए एच एफ नेपालमा सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको छ । आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई टार्गेट गरेर विश्व कन्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :