गुल्मी अस्पतालमा नियमित रूपमा हेमो डायलाइसिस सेवा सुरु

आधारभुत स्वास्थ्य सेवा तल्लो तह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्द :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरिने बताउनु भएको छ ।

गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले यस वर्ष ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरू गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको ओ एन एम गरेर थप सेवा बिस्तार गर्ने जानकारी दिनुभयो ।मन्त्री खनालले सम्बिधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भयो ।

 

अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले पनि स्वास्थ्यमा १ सय ५ दरबन्दी खालि रहेको बताउनु भयो ।

प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो । समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै स्वास्थ्य मन्त्री खनालले लहडको भरमा नभई आवश्यक्ता र दिगोपनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउनु भयो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले संघीय सरकारको सहजीकरणमा पाँच वटा मेसिन गुल्मी अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि गुल्मी अस्पतालमै हेमोडायलाइसिस सेवाको सम्भव भएको हो ।

कुल एक करोड लागतमा हेमोडायलाइसिस सेवाको सुरुवात गरिएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिनुभयो । हेमोडायलाइसिस सेवाको पहिलो सेवाग्राही देवीराम खनालले जिल्लामै सेवा पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

उहाँले आफूजस्ता धेरै बिरामी उपचारको लागि अन्यत्र जानुपर्ने अवस्था रहेकोमा अब जिल्लामै सेवा पाउँदा थप १० प्रतिशत रोग निको भएको अनुभुति गरेको बताउनुभयो ।

गुल्मी अस्पतालमा डायलासिसको लागि १६ बिरामीले नाम दर्ता गराएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बञ्जाडेले बताउनुभयो । “हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्दा १० जनाले सेवा लिन सक्छन” उहाँले भन्नुभयो, “बिरामीको चाप रहेकोले सेवा थप गर्ने तयारी छ ।”

जिल्लामा ठेगाना भएर विभिन्न ठाउँमा उपचारत एक सय ३७ जना मृगौला पीडित बिरामीको तथ्याङ्क रहेको छ । तालिम प्राप्त जनशक्ति सहित हेमोडायलाइसिस सेवा दिन थालिएको छ । जिल्लामा धेरै आर्थिक अवस्था कमजोर रहेका मृगौला पिडित बिरामीहरुले अन्यत्र गएर पाइरहेको दुखः अन्त्य भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

उहाँले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार कार्यपालिकामा निर्णय गरेर सेवा दिन पाउँदा खुसी लागेको नगरप्रमुख पन्थीले बताउनुभयो ।मृगौला पीडितहरुको डायलाइसिस सेवाका लागि गुल्मी अस्पतालबाट दुई जना स्वास्थ्यकर्मीले तालिममा लिएर सेवा दिन थालिएको छ ।

 

सम्बन्धित शिर्षक :