धुर्कोटमा १५ शय्याको आधारभूत अस्पताल बाट सेवा सुभारम्भ

प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या :स्वास्थ्य मन्त्री राजु खनाल

स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा आधारभूत अस्पतालबाट चिकित्सकीय सेवा सुभारम्भ भएको छ । सेवाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुभारम्भ गर्नु भएको हो।

सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले संबिधानमा सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्य सहित सरकार अघि बढेको बताउनु भयो।

उहाले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनु भयो ।
आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो ।

समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै स्वास्थ्य मन्त्री खनालले लहडको भरमा नभई आवश्यक्ता र दिगो पनको सुनिश्चिता हुने गरि योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउनु भयो । उहाले स्थानिय तहलाई उपकरण तालिम जनसक्ती समेत उपलब्ध गराउन सरकार तयार रहेको बताउनु भयो।

स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर जनार्दन पन्थीले गुणस्तरीय सेवा दिन निर्देशन दिनु भयो। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले नेपालमै अब्बल धुर्काेट गाउँपालिकाले स्वास्थ्यमा पनि त्यस्तै अब्बल सेवा दिएको र यसलाई निरन्तरता दिने बताउनु भयो। गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले गाउँपालिको अबस्था पालिकाले लिएको नीति तथा भैरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो।

स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल र पवित्रा भुसालको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्की रेसुङ्गा नगरपालिका का प्रमुख खिलध्वज पन्थी मदाने गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका, मालारानी गाउँपालिकाबाट जनप्रतिनिधि उपस्थिति रहेको थियो ।

कार्यक्रममा आधारभूत अस्पताललाई विभिन्न समयमा सेवा दिनु भएका स्वास्थ्यकर्मी तथा कर्मचारी र जग्गा दातालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता धुर्कोट आधारभूत अस्पताल सञ्चालक समितिका अध्यक्ष देबेन्द्र भण्डारीको रहेको थियो ।

सम्बन्धित शिर्षक :