भैरहवा मेडिकल कलेजका बिद्यार्थी थप आन्दोलित, सहमति पत्र जलाए(भिडियो हेर्नुहोस)

स्वास्थ्यसमाचार । बिगत एक महिनादेखी आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका बिद्यार्थीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

सरकारले मेडिकल माफियाहरुसंग मिलेर बिद्यार्थीहरुको माग सम्बोधन नहुने गरि गरेको सहमति आफुहरुलाई मान्य नहुने भन्दै सम्झौता पत्र जलाएका छन् । बिद्यार्थीहरुले सरकारले एमविविएस अध्ययनको लागी तोकेको भन्दा बढी १५ लाख शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

बिभिन्न बहानामा सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता माग गर्दै बिगत एकमहिना देखी आन्दोलनरत युनिर्भसल मेडिकल कलेज भैरहवाका बिद्यार्थी भुपेश चन्दले बताए । सरकारले मेडिकल कलेज संचालकसंग बढी लिएको शुल्क समायोजन गर्ने सहमति गरेको छ ।

सहमतिमा पहिलो र दोश्रो बर्षको मात्र बढी शुल्क लिएको फिर्ता हुने र अरु फिर्ता नहुने सरकार र मेडिकल कलेजहरुको सम्झौतमा उल्लेख गरिएको छ ।

बिद्यार्थीहरुले यो आफूहरुलाई मान्य नहुने बताउँदै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएका छन् । बिद्यार्थीहरुले बिद्यार्थी लुटन पाईदैन, मेडिकल माफिया मुर्दाबाद, सक्छस भने न्याय दे, लुटतन्त्र बन्द गर, गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएका थिए ।

सम्बन्धित शिर्षक :