आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले सम्पुर्ण मागहरुको कार्यान्वयन गराउनका लागि दबाब स्वरुप देशभरका सम्पुर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरु, नेपाल चिकित्सक संघका सम्पुर्ण शाखा कार्यालयहरु, सम्पुर्ण विशेषज्ञ समाजहरुलाई आग्रह गरेको छ।

‘२०८० भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गरिने’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रुपमा सफल तुल्याई संघका सम्पुर्ण मागहरुको कार्यान्वयन गराउनका लागि दबाब स्वरुप देशभरका सम्पुर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरु, नेपाल चिकित्सक संघका सम्पुर्ण शाखा कार्यालयहरु, सम्पुर्ण विशेषज्ञ समाजहरुलाई यसै विज्ञप्ति मार्फत यथोचित कार्यान्वयन गर्न गराउन सूचित गरिन्छ ।’

संघले सम्पूर्ण दोषीहरुको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारवाहीको सुनिश्चितता हुनुपर्ने प्रमुख माख राखेको छ।

यसका साथै संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।

हेरौं विज्ञप्तिको पूर्णपाठ

 

 

सम्बन्धित शिर्षक :