संघका डाक्टरलाई प्रादेशिक अस्पतालमा पठाउने स्वास्थ्यमन्त्री ढकालको पहिलो निर्णय

स्वास्थ्यसमाचचार/संघ अन्तरर्गत परेका दुई जना चिकित्सकलाई तत्कालका लागि प्रादेशिक अस्पतालमा पठाउने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यारम्भ गरेका छन् ।

पदवहाली पछि स्वास्थ्य सचिव खगराज बरालले प्रादेशिक अस्पताल कर्णालीमा संघ अन्तरगर्त रहेका दुई जना सर्जन पठाउनु पर्ने भन्दै फाईल लिएर मन्त्री ढकाल समक्ष पुगेका थिए । सोही फाइललाई मन्त्रीस्तरीय निर्णयबाट सदर गर्दै कामको थालनी गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय ११ औं तहका जनरल सर्जनद्वय डा हरि सापकोटा र गणेश थापा समायोजनका क्रममा संघमा परेका थिए ।उनीहरु संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर काम गराउने निर्णय गराइएको सचिव खगराज बरालले बताए।

यसअघि स्वास्थ्य सचिवले हस्ताक्षर गर्न लगेको अर्को प्रस्ताव भने मन्त्रीले फर्काईदिएका थिए । स्वास्थ्य सचिव बराल र गुणस्तर तथा अनुगमन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहले अस्पताल र औषधिको गुणस्तरको रणनीति बनाउन फाइल उठाएका थिए।

तर मन्त्री ढकालले तुरुन्तै नबुझिने र कार्यान्वयन गर्न पनि समय लाग्ने विषयमा थप अध्ययन जरुरी रहेको भन्दै फाइल नै फर्काइदिएका हुन्।फाईल सदर पछि मन्त्री ढकालले विहान ८ बजे देखि नै मन्त्रालयमा आएर आफूले कामको थालनी गर्ने भन्दै त्यसका लागि सचिवलाई पनि केही दिन विहानको समय दिन आग्रह गरेका थिए । नेपाली हेल्थवाट

सम्बन्धित शिर्षक :