लुम्बिनी प्रादेशीक अस्पतालमा नयाँ कर्मचारीको स्वागत

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ मेसु डा राजेन्द्र खनाल ,शाखा अधिकृत बिपिन क्षेत्री तथा समायोजन भई आएका स्वास्थ्यकर्मीहरुलाई स्वागत गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनले आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो।अस्पताल कर्मचारी युनियनका अध्यक्ष दयासागर पन्थीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा वोल्दै प्रमुख अतिथी डा राजेन्द्र खनाल ले लुम्बिनी प्रादेशीक अस्पताल लाई २ बर्ष भित्र नमुना अस्पताल बनाउने बताएका छन।

हामी सबैले योअस्पतालको सेवालाईचुस्तदुरुस्त बनाउदै लैजाने बताए ।अरुप्रदेशकाले यो अस्पतालबाट सिक्ने खालको अस्पताल बनाउने बताउदै सबैको सहयोग आबश्यक हुने डा खनालले बताए । स्वागत कायक्रममा बिशिस्ट अतिथि बिपीन क्षेत्रीले बोल्दै अस्पताल सुधारमा सबैको सहयोग आबश्क भएको बताएका छन ।

नेत्र प्रसाद आचार्य को संचालन ,भिम प्रसाद ज्ञवाली को स्वागतमा सम्पन्न कार्यक्रममा समायेजन भै आएका नयाँकर्मचारीको तर्फबाट ,रुपलाल पन्थीले बोलेका थिए । समापनमा बोल्दै अस्पताल कर्मचारी युनियनका अध्यक्ष पन्थीले युनियन सधै कर्मचारी को हकहितका लागी तथा प्रशासन सङ्ग सहयोग गर्दै अगाडि बढने सबै ले अस्पताल राम्रो बनाए मात्रै हामी राम्रो वा असल भएर चिनिन सक्ने वताए ।

सम्बन्धित शिर्षक :