लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी

स्वास्थ्यसमाचार/ सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा डा जनार्दन पन्थी लाई सरुवा गरेको गरेको छ।
सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो।

डा बिकास देबकोटाको १२ तहमा बढुवा भएपछि खाली रहेको लुम्बिनीको स्वास्थ्य सचिबमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीलाई सचिबको जिम्मेबारी दिएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव सहित ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।
सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा श्रीराम लुईटेललाई पठाउने निर्णय गरेको छ । यसअघि बद्रीबहादुर खड्का बागमती प्रदेशको स्वास्थ्य सचिव हुनुन्थ्यो ।

यसैगरी कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय भएको छ । उहाँ यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव हुनुन्थ्यो ।

सम्बन्धित शिर्षक :