ग्रान्डी अस्पताल वाट प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने

स्वास्थ्यसमाचार /बुधबार साँझ ग्रान्डी अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण पूरा भएपछि आज राति अथवा भोलिसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलि सम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’

विज्ञप्तिमा प्रा डा दिव्यासिंह शाह र डा चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । सिंह नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभाग ग्रान्डी इन्टरनेशनल अस्पतालकी डाक्टर हुन् । भने पाण्डे मेडिकल डाइरेक्टर हुन् ।

 

 

सम्बन्धित शिर्षक :