प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल गएको भनिएपनि कस्ता समस्या देखिएको हो भन्ने खुलाइएको छैन् ।

१० बजेतिर अस्पताल पुगेका ओलीको रगतको नमूना र मुटुको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लोपटक मिर्गौलामा समस्या झेलिरहेका छन् ।

केही दिनअघि सिंगापुरमा एन्टिबडी हटाउँने उपचार प्लाज्माफेरेसिस गरेर फर्किएका ओली दुई दिनअघि सिस्नुपानी नेपालले आयोजना गरेको देउसीभैलो कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित शिर्षक :