स्वास्थ्यमा भ्रष्टाचार र सेटिङको खेल चल्न पाउँदैन : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा पारदर्शी भएर काम गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले मन्त्रालयमा सुचनाको पहुच नहुने तथा खरिद प्रक्रियामा भ्रष्टाचार र कमिसनको खेल हुने गरेकोले सुचनामा पारदर्शी किन हुन सक्दै भन्ने प्रश्नको जवाफ दिदै मन्त्रिले यस्तो बताएका हुन्। उनले हरेक काम पारदर्शी ढंगबाट मात्र हुने जिकिर गर्दै भने ‘जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन दिन्न।’ यसैबीच बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको मन्त्री गिरीले बताएका छन्। आइतबार मात्रै बाँकेमा…

स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा

स्वास्थ्यसमाचार/ बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो । मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा…

स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् । डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय…