सामाजीक बिकास मन्त्रालयको सहयोगमा बादिकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले एम्बुलेन्स खरीद गरी झिमरुक गाउँपालिका को बादिकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ।

बादिकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति अध्यक्ष एवं झिमरुक २ का वडा अध्यक्ष बलबहादुर महतरालाई एम्बुलेन्स को चाबी, बिलबुक र आवश्यक कागजपत्र हस्तान्तरण गरेका छन।

एम्बुलेन्स हस्तान्तरणपछि प्रमुख सुवेदीले बिरामी, गर्भवती, सुत्केरी महिला,जेष्ठ नागरिक र स्वास्थ्य सेवाको व्यवस्थापनका साथै सहज पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको बताए। स्वास्थ्य सेवाको प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत गर्ने सुवेदीको भनाई छ।

झिमरुकसँगै गौमुखी गाउपालिकासहित छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका स्थानीय एम्बुलेन्स सेवाबाट लाभान्वित हुने गाउँपालिका अध्यक्ष जिसीले बताए।
प्रदेश ५ अन्तर्गत सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७५ ७६ मा प्रदेशका १२ ओटै जिल्लाका स्वास्थ्य कार्यालय मार्फत स्थानीय स्वास्थ्य चौकीमा एम्बुलेन्स प्रदान गर्ने नीति तथा कार्यक्रम बनाएको सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक :