सातै प्रदेशमा ट्रमा सेन्टर खोल्ने सरकारको तयारी

गोकर्ण प्रकाश ज्ञवाली

असोज ३० /सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर संचालनमा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले सो कुरा जानकारी गराएका हुन् ।
विश्व ट्रमा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा.यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने र सो को काम अघि बढिसकेको पनि बताएका हुन् । उनले मुलुकको संघिय ढाँचा अनुसार नै सरकारले स्वास्थ्य संस्थाहरु स्थापना गर्न लागेको बताएकाछन् ।
राज्यमन्त्री यादवले मुलुकको स्वास्थ्य क्षेत्रको विकासमा बजेट र जनशक्ति दुवैको अभाव रहेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रको नीति स्पष्ट नहुँदासम्म यी अभाव कायमै रहने पनि बताएछन्।

सम्बन्धित शिर्षक :