बुटवलमा न्यूरो तथा ट्रमा सहितको तिनाउ इन्टरनेशनल हस्पिटल सञ्चालनमा

स्वास्थ्यसमाचार/ प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पश्चिम क्षेत्रमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.’ सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा सञ्चालनमा आएको उक्त अस्पतालको प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले शुक्रबार औपचारिक रुपमा शुभारम्भ गरे ।

अस्पतालको शुभारम्भ गर्दै सभामुख घर्तीले आपतकालिन उपचारकालागि पश्चिम क्षेत्रमै अति आवश्यक रहेको ट्रमा सेवा सहितको अस्पताल सञ्चालनमा आउनु सह्रानीय भएको वताए । उनले जनस्वास्थ्यका हिसावले अस्पतालहरु प्रयाप्त नहुँदा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परेको वताए ।

त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले संविधानमा भएका व्यबस्थाहरु हुवहु कार्यान्वयन हुनु पर्ने र बनेका नीति नियम तथा ऐन कानुनहरु व्यबहारमा उतार्न नसक्दा सम्म केही गरेपनि समस्या समाधान हुन नसक्ने वताए ।

नीजि अस्पतालहरुको संस्था अफिनका अध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रमा सेवा गर्ने उद्देश्य सहित नीजि क्षेत्रले लगानी गरेपनि नीजि क्षेत्रले गरेको लगानी सरबारबाट संरक्षण हुन नसकेको वताए । उनले नीजि क्षेत्रलाई लगानी गर्नकालागि आह्वान मात्रै गरेर नहुने औंल्याउँदै जग्गा व्यबस्थापनमा सरकारले सहयोग गर्ने हो भने स्वास्थ्य मात्रै नभएर हरेक क्षेत्रमा लगानी प्रसस्त हुने बताए ।

त्यसैगरी पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले ट्रमा अस्पतालको सञ्चालनबाट अस्पतालका लगानीकर्ता भन्दा पनि आफूहरु बढी खुसी भएको बताउँदै उपचार लागत, सेवा तथा बिरामीको सुविधालाई ध्यान दिएर पारदर्शी रुपमा सेवा सञ्चालन गर्न सुझाव दिए।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलमा ट्रमा सेन्टर सञ्चालनमा आउनु बुटवल मात्रै नभएर पश्चिम क्षेत्रकै लागि खुसीको कुरा भएको बताउँदै व्यबस्थित रुपमा अंगाडी बढ्न आग्रह गरे ।

अस्पतालको बारेमा जानकारी गराउँदै अस्पतालका अध्यक्ष करुण खनालले यस क्षेत्रमा न्यूरो र ट्रमाको आवश्यकता महशुस गरेर विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा ल्याईएको बताउँदै आधुनिक उपकरण सहित प्रदान गरिने सेवालाई चुस्त, दुरुस्त र सेवा भावले अंगाडी बढाईने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई स्वास्थ्य सेवाको हवको रुपमा बिकास गर्नकालागि पनि तीनै तहका सरकारलाई नीजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

त्यस्तै अस्पतालका सञ्चालक तथा सल्लाहकार चिरञ्जिवी जोशीले उच्च प्रविधियुक्त उपकरण सहित सञ्चालन गरिएको र नागरिकको मन जितेर सेवा प्रदान गरिने वताए यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको समेत मापदण्ड पुरा गरि अस्पताल शुरु गरिएको हो ।

उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा प्रदान गरिने उहाँले वताए । त्यस्तै अस्पतालले इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा प्रदान गर्ने जनाएको छ ।

फूल एसी सहित २४ वेड स्वीकृती प्राप्त गरेको उक्त आईसीयु सहितको अस्पतालमा ५० बेड क्षमताको रहेको अध्यक्ष खनालले जानकारी गराए ।

सम्बन्धित शिर्षक :