घटयो कोरोना त्रास

बुटवल /२०७७ सालमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षिय एक पुरुषलाई कोरोना संक्रमण भयो । कोरोनाका कारण गरिएको लकडाउनकै क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । त्यो समयमा रुपन्देहीमा अरु करिव एक दर्जन व्यक्तीमा पनि कोरोना संक्रमण देखिएको थियो । ओमसतियाँका उनी आफ्नै घरमा नै (होमआईसोलेसन) मा बस्ने निर्णय गरे । सरकारले पनि उनले निर्णय गर्नु भन्दा केही दिन मात्रै संक्रमित सुरक्षित साथ होम आईसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो । सोही अनुसार उनले आफ्नै घरमा बस्ने निर्णय गरेका थिए । तर उनको यो निर्णय समाजले रुचाएन…