बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर : डा.शम्भु खनाल

बाजेको गुन्द्री फ्याँकिदिने डाक्टर हल्का आँखा राता छन् । निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ । आँखा टल्पल पनि छन् । धेरै दिनको थकानले शरीर गलेको देखिन्छ । इस्टकोट धुने ब्यबस्था मिलेको देखिन्न । आँसु जसोतसो थामिएका छन् । खस्दा होलान् कतै एउटा कुनामा । सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला । मनको बेग त आँखामा झल्किन्छन् नै । भाद्गाउँले टोपीमा दुइटा खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन् । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका बिभिन्न परिबन्धको निर्णय जस्तै संकेत गर्न खोजेको प्रतित हुन्छ । निर्दोष चेहरा, शान्त…

क्याबिन नं ६०७ मा सङ्घर्ष : डा.शम्भु खनाल

क्याबिन न. ६०७ मा कृतिका । कृतिकाको अहिले सातौँ महिना बितिरहेको छ ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा । उनको जीवनको अविस्मणीय अंक हुन्छ शायद । यी उनका संघर्षका दिनहरु हुन् । अस्पताल घरजस्तै महसुस गर्न थालिसकेकी छन् कृतिकाले । अस्पतालका सैयासँग अनौठो सम्बन्ध गाँस्न पुगिसकेकी छन् उनले । अनौठो किन भन्दा प्रिय नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध हो नि त ! उनीसँग अरु उपाय पनि त छैन प्रिय नमानी । सधैंजस्तो उनका छालाले स्पर्श गरेका छन् । मायालु हातहरुको मात्र हैन । स्प्रिटको चीसो स्पर्श र…

धनका मुहार जीवन एक भोगाइ हो :डा शम्भु खनाल

धनका मुहार जीवन एक भोगाइ हो । कथा सबैका फरक छन् । समग्रमा भने समस्या एउटै हुन सक्छ । प्रचुर कथा वस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक कथा भेटिन्छ । सबै प्रकारका कथा । स्वास्थ्य समस्याका कथा । त्योसँग जोडीएको सामाज र अर्थ बिज्ञानका कथा । रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य । आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।अस्पतालको बातावरणमा दुःखको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला । बातावरणले ब्यक्तिको मनोभाव प्रभाब पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी…