डा.तोषिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य समाचार/ आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि सर्वोच्च गएकी ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार डा. तोषिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा आयोगले डा.कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उनले निर्वाचनमा उम्मेदवार बन्नकै लाग भनेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेक्कचरर पदबाट राजीनामा दिएकी थिइन् ।

डा. कार्कीले निश्चित तलब नहुने र बैठकमा उपस्थित हुँदा मात्रै भत्ता पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद हुने वा नहुने भन्ने विषयमा निक्र्यौल गरिदिन २८ भदौंमा निर्वाचन आयोगलाई पत्र लेखेकी थिइन् । तर, आयोगले उक्त पत्रको कुनै जवाफ नदिएर उजुरी परेपछि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित शिर्षक :