डा.तोषिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्य समाचार/ आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि सर्वोच्च गएकी ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार डा. तोषिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् । डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा आयोगले डा.कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।…