संविधान दिवसको पुर्व सन्ध्यामा सामाजीक मन्त्री सहित कर्मचारी सरसफाईमा

स्वास्थ्य समाचार/ संविधानदिवसको पुर्वसन्ध्यामा सामाजीक विकास मन्त्रालय र बुटबल उपमहानगरपालिका ले नगरका भित्रसरसफाई गरेको छ ।

देश भर डेंगु फैलिएको र नगरका विभिन्न क्षेत्रमा फोहर रहेकोले संविधान दिवसको पुर्व सन्ध्यामा सरसफाई अभियान सुरु गरिएको सामाजीक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं ५का समाजीक विकास मन्त्री शुदर्शन बरालको नेतृत्वमा सरसफाई भएको थियो ।

कार्यक्रममा सामाजीक विकास मन्त्रालयका सचिव डा गोपी कृष्ण खनाल स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, समाजीक मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर चौधरी लगायतले सरसफाई कार्यक्रममा सहभागि रहेका थिए ।

त्यस्तै सामाजीक विकास मन्त्रालय तथा वुटबल वडा नं ६ र ९ का जनप्रतिनिधि कर्मचारी सबै सहभागि रहेका थिए । सरसफाई अभियानमा उनीहरुले एक जनाले सम्भव नहुने र सबै मिलेर सफा गरे नगर घर सबै सफा हुने भएकाले सरसफाई कार्यक्रम गरिएको थियो ।

सम्बन्धित शिर्षक :