प्रदेश नं ५ मा ३ सय ९० जनामा डेंगु भेटियो, २ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ प्रदेश नं ५ मा अहिले सम्म ३ सय ९० जनामा डेंगु रोग देखीएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुासार वाकेमा ३४ जना मध्ये १६ पुरुष र १८ महिला फेला परेकोमा १९ जना उपचार पश्चात घर र्फकेको र एक जनाको मृत्यु भएको छ ।

त्यस्तै बर्दियामा १ जना पुरुषमा डेंगु संक्रमण फेला परेको छ । दाडमा ६४ जनामा डेंगु संक्रमण का बिरामी मध्ये ३३ जना पुरुष र ३१ जना महिला रहेकोमा ६० जना उपचार गरि घरर्फकेको र अन्य बाकीको उपचार भैरहेको छ।

रुपन्देहीमा २सय ६० मा डेंगु फेला परेको छ तिमध्ये १ सय ४३ पुरुष र १ सय १७ महिला रहेकोमा २ सय ४७ उपचार गरि घर र्फकेका अन्यको उपचार हुदै र १ जना महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अर्घाखाचीमा १२ जनामा डेंगु फेला परेको मध्ये ११ जनाको उपचार पछि घर र्फकेको र १ जनाको उपचार भैरहेको छ ।त्यस्तै पाल्पामा १४ जनामा डेंगु फेला परेको र ६ जनाको उपचार पछि घरफर्कका छन।

पश्चिम नबलपरासीमा ५जनामा डेंगुफेला परेको र ५ जना नै उपचार पछि घर र्फकेका छन। प्रदेश नं ५का अन्य जिल्ला मध्ये कपिलबस्तु रोल्पा प्युठान गुल्मी रुकुममा भने अहिले सम्म डेंगुका रोगी फेला नपरेको स्वास्थ्य निर्देशनालयको तथ्याकमा उल्लेख गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दैनीक रुपमा डेंगुको जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक :