संविधान दिवस डेंगु नियन्त्रण अभियानका रुपमा मनाउने

स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारले संविधान दिवसलाई डेंगु नियन्त्रण अभियानका रुपमा मनाउने भएको छ ।   आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस २०७६ को अवसरमा ३ दिने रचनात्मक कामहरु गर्ने र सरसफाइलाई डेंगु नियन्त्रणसँग जोड्न लागेको हो ।

मन्त्रालयमा आज पत्रकार सम्मेलनमा सचिव शंकरप्रसाद खरेलले २ असोजमा प्रदेश राजधानीका मुख्य चोकमा राष्ट्रिय झण्डा राख्ने, चोक सरसफाइ गर्ने र सरसफाइलाई डेंगु रोगविरुद्धको सचेतना अभियानको रुपमा लैजाने वताए ।

३ गते बिहान ७ बजे राजमार्ग चौराहबाट झाँकीसहितको र्याली गर्ने र सोही दिन प्रदेशका सबै सरकारी कार्यालयमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ । संविधान दिवसकै अवसरमा ४ असोजमा बुटवल र भैरहवामा रक्तदान गर्ने, लुम्बिनीमा वृक्षारोपण गर्ने कार्यक्रम छ ।

संविधान दिवसका कार्यक्रममा बुटवल उपमहानगरपालिकाले सहयोगीको भूमिका खेल्नेछ । पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले र्यालीमा सहभामीमध्ये उत्कृष्टलाई नगदसहित पुरस्कृत गर्ने बताए । दिवस मनाउन कुल २० लाख बजेट विनियोजन गरिएको र सोही रकमबाट संविधान दिवसमा रकम खर्च गर्ने उनले बताए।

सम्बन्धित शिर्षक :