डेगुको महामारी हुदा सम्म सरकारमौन :अध्यक्ष घिमिरे

स्वास्थ्यसमाचार/ नेपाल स्वस्थ्य कर्मीसंघ प्रदेश न ३ को निजि क्षेत्रको वैठक सम्पन्न भएको छ। बैठकले देसभर फैलिएको डेंगुुको बारेमा जनचेतेना जगाउने र स्वास्थकर्मी का समस्या बारे छलफल गरिएको थियो।

छलफलमा निजी क्षेत्रका स्वास्थ्य कर्मिको ब्यापक उपस्थित रहेको कार्यक्रममा नेपाल स्वस्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे अहिले स्वास्थ्य क्षेत्रको अबस्था स्वास्थ्यकर्मिको समायोजनमा भएको असन्तुष्टी र डेगुको महामारी हुने अबस्था श्रृजना हुदा सम्म सरकारले थप कदम चाल्न नसकेको बताए ।

यस्तो अबस्थामा निजी स्वास्थ्यकर्मिहरु जनचेतना फैलाउने काम गर्नु पर्ने अध्यक्ष घिमिरेले बताए । छलफलमा उपमहासचिव योगेन्द्र पन्जियार ले संगठानीक गतिविधि को वारेमा जानकारी गराए। वैठकमा केन्द्रिय सचिब टेक राज ओझा केन्द्रीय सदस्य मिनराज पन्थी लगायतले बर्तमान अबस्था र डेगुको बारेमा छलफल गरिएको केन्द्रिय सदस्य मिनराज पन्थीले बताए ।

सम्बन्धित शिर्षक :