सैनामैना नगरपालिका कोरोना विरुद्धको खोप सुनिश्चितता नगर घोषणा

स्वाथ्यसमाचार/ सैनामैना नगरपालिका कोरोना विरुद्धको खोप सुनिश्चितता युक्त नगर घोषणा भएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्ण खोप सुनिश्चिततायुक्त स्थानीय तह बनेको हो ।

सैनामैनामा १२ वर्षमाथिका ७१ हजार ५ सय १० जनसंख्या रहेको नगरपालिकामा लक्षित उमेर समूहका सबैले कोभिडविरुद्धको दुबै मात्रा खोप लाएपछि नगरलाई पूर्ण खोप सुनिश्चिततायुक्त नगर घोषणा गरिएको हो ।

नगरभित्रका ६७ हजार ५ सय ९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा ३ हजार ९ सय १३ जना नागरिक छुटेको पाइएपछि उनीहरु समेतलाई पूर्ण मात्रा खोप लगाएपछि सैनामैना कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्थानीय तह बनेको नगर प्रमुख चित्र बहादुर केसीले वताउनु भयो ।

नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइएको उँहाले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा नगरपालिकाले फागुन १२ देखि १४ सम्म वडाका १ सय ८० घरधुरीमा नमुना सर्वेक्षण गरेको थियो ।

९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप पाएको सुनिश्चित गरेपछि १५ गते नगरपालिकाका ११ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको सैनामैनाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । पूर्ण खोप सुनिश्चितताका मापदण्ड २०७१ लाई टेकेर घोषणा गरिएको उँहाको भनाई छ ।

जिल्ला खोप समन्वय समितिले सोमबार (आज) मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको हो । पूर्ण खोप सुिनश्चितता स्थानीय तहको दीगोपनाको नगरपालिकाले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेको छ ।नगरपालिकाले १२ वर्ष भन्दा सबै नागरिकले पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि जिल्ला समन्वय समितिले नगरपालिकाको २५ प्रतिशत घरमा पुुगेर सर्वे गरेको थियो ।

सो सर्वेमा पापदण्ड अनुसार पुरा भएकाले पूर्ण खोप सुनिश्चितता नगरको घोषणा गरिएका स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञवालीले बताउनु भयो । जिल्लामा करिब ९६ प्रतिशत लक्षित जनसंख्याले पूर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाएका छन ।बुटवल , सैनामैना , तिलोत्तमा , देवदह नगरपालिकामा लक्षित जनसंख्या भन्दा धेरैले खोप लगाएको पाईएको छ । तर जिल्लाका दक्षिण तर्फका स्थानीय तहमा भने अझैं पूर्ण मात्रामा खोप पुगेको छैन ।

 

सम्बन्धित शिर्षक :