आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा धिताल,र सचिवमा भुसाल

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधि व्यवसायी संघ रुपन्देहीको पहिलो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले दिपक कुमार धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्ण के.सी, सचिवमा शालिकराम भुसाल र कोषाध्यक्षमा रामुलाल कंडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा श्याम शर्मा, केशवराज पोखरेल, बन्दना अर्याल रहेका छन् ।नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयाजक डा. बुद्धिप्रकाश रेग्मीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

त्यस अघि भएको अधिबेशन कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष उद्धव गौतमले स–साना झोले व्यापारीका कारण आयुर्वेद व्यवसायीहरु मर्कामा परेको बताए । खुल्ला सिमानाका कारण झोलामा कुनै प्रमाणित विनाका औषधिहरु राखेर विक्रि गर्दा दर्ता भएका व्यवसायीहरुलाई मर्का परेको भन्दै त्यस्ता झोले व्यापारीलाई राज्यले नियन्त्रणमा लिनुपर्ने उनले बताए ।

त्यसैगरी बरिष्ठ आयुर्वेद चिकित्सक डा. बृद्धि प्रकाश रेग्मीले आयुर्वेद दर्ता नगरी कतिपयले आयुर्वेद औषधि समेत विक्रि गरेको भन्दै त्यस्ता व्यवसायीहरुलाई दर्ता प्रक्रिया पुरा गरेर व्यवसायी सञ्चालन गर्न आग्रह गरे ।कार्यक्रममा संघका प्रदेश संयोजक गिरीराज भट्टराई, नेपाल आयुर्वेद औषधि उत्पादक संघका रामचन्द्र पन्थी, कपिलबस्तुका कोषाध्यक्ष सन्तोष गैह्रे, बरिष्ठ आयुर्वेद चिकित्सक डा. खेमराज पन्त लगाएतले बोलेका थिए ।

कार्यक्रम गिरीराज शर्मा भट्टईको अध्यक्षता तथा कार्यक्रम संयोजक यमलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको नबनिर्बाचित सचिब भुसालले बताए ।

सम्बन्धित शिर्षक :