अस्पताल विकास समितिका अध्यक्ष परिवर्तन गर्दे लुम्बिनी प्रदेश सरकार

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका अस्पताल बिकास समितिका पदाधिकारीहरु परिर्वतन हुने भएका छन ।तत्कालिन मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले नियुक्ती गरेका अध्यक्षहरु केसी सरकारले परिवर्तन गरि नयाँ ल्याउने भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले भने तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्ती गरेका पदाधिकारी हटाई केहि दिनमा नयाँ नियुक्ती गर्ने तयारी गरेको बताए।मन्त्री चौधरीले भने बिकास समिति गठन आदेश परिवर्तन गर्न लागेको र केहि दिनमा बस्ने मन्त्रीपरिषदले त्यो अनुमोदन गर्ने र नयाँ बिकास समिती नियुक्ती गर्ने बताए ।

नेकपाको सरकारले २०७६ सालमा लुम्बिनी प्रदेशका १२ बटा जिल्ला २ प्रादेशिक र आयुर्वेद अस्पतालमा अस्पताल बिकास समितिमा पदाधिकारी नियुक्ती गरि पठाएको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमनसंगै प्रदेश सरकार मातहत नियुक्त गरिएका आयोग र निकायका अध्यक्ष तथा प्रमुखहरुलाई हटाई नयाँ नियुक्त गरेको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिमा नयाँ अध्यक्ष अस्पतालका पुर्व मेसु डा कृष्ण खनाललाई ल्याउने तयारी गरेको बताईएको छ । अहिलेका अस्पतालका अध्यक्षबाट सुर्य बहादुर भटराईलाई हटाई खनाललाई ल्याउन लागेको वताईएको छ।यो संगै भिम अस्पताल कपिलबस्तु,पाल्पा गुल्मी अर्घाखाची वाके बर्दिया नबलपरासी लगायका सबै जिल्ला प्रादेशिकमा पनि पुराना हटाई नयाँ विकास समिति ल्याउनलागेको जनाएको छ।

 

सम्बन्धित शिर्षक :