लुम्बिनी प्रादेशिक अस्पतालमा तिलोत्तमाका ६९ वर्षिय मुटुरोगी भिमबहादुरले लगाए पहिलो डोज फाईजर खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा फाइजरको खोपको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले भ्याक्सिन क्यारियर हस्तान्तण गरेर खोप शुभारम्भ गरे । खोप शुभारम्भ गर्दे स्वास्थ्य सचिब डा बिकास देबकोटाले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन लागीएको बताए ।

उनले यो खोपलगाउनको लागी सबैले दीर्घरोगीलाईलाई प्रथामिकता दिनुपर्ने बताए ।उनले कोरोना बिरुद्धको अरु ४ प्रकारका खोप १८ बर्ष माथि उमेरसमुहका लाई दिएको र यो फाइजरको खोप १२ बर्षभन्दा माथिकालाई क्रमस आउने बताए । डा देबकोटाले भने कोरोना खोप लगाउने प्रदेशमा लुम्बिनी प्रदेश तेश्रो स्थानमा रहेको वताउदै क्रमस सबैलाई कोरोनाको खोप लगाईने बताए ।

तिलोत्तमा नगरपालिका वडा ६का ६९वर्षका भिम बहादुर पुन

खोप शुभारम्भ कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीका सबैलाई कोरोना खोप लगाईने बताउदै अहिले सम्म ४२ प्रतिशतलाई लगाईसकिएको र क्रमस सबैले खोप पाउने बताए ।

१२ वर्ष माथिका दीर्घ रोगीहरुलाई भएको बताउदै यस्ता रोगीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सबैले उनीहरुलाई सहयोग गर्न आग्रह गरे । स्वास्थ्य सेवा बिभागका  वालमहाशाखाका  जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले अहिले सम्म ४ प्रकारका खोप लगाई सकेको र यो ५ औ कोरोना बिरुद्धको खोप भएको बताए । उनले अहिले यो खोप लगाउन दिर्घरोगी प्राथामिकतामा परेको र अबको २ महिना भित्र ६० लाख डोज फाईजर खोप आउने भएकोले १२ बर्षभन्दा माथीका सबैलाई क्रमस लगाउने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा श्रीधर आर्चायको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले गरेका थिए । उक्त शुभारम्भ कार्यक्रममा अस्पतालका वालरोग प्रमुख डा नेत्र वहादुर राना, युनिसेभ डव्लुएचओ एसएस बिएच अस्पताल प्रशासन नर्सिड ईन्र्चाज लगाएको सहभागीता रहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो डोज फाइजरको खोप मुटुका रोगीलाई लगाईएको छ ।तिलोत्तमा नगरपालिका वडा ६का ६९वर्षका भिम बहादुर पुनलाई लगाईएको हो ।अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप पहिलो आज कर्तिक २८देखी मंसिर ४ गतेसम्म लगाइँदै छ ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर जान भनिएको छ । फाईजर खोप लुम्बिनी प्रदेशका ३ अस्पताल लुम्बिनी भेरी र राप्तीमा लगाईने छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा २४ सय डोज फाईजर खोप आएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए ।

सम्बन्धित शिर्षक :