गुल्मीको शान्तिपुरमा खुल्यो नयाँ अस्पताल स्वास्थ्यमन्त्रीद्धारा उदघाट्न

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ ।स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे । सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखिनै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वासनै सस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए ।

अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै मिलेर काम गर्न आग्रह गरे ।

त्यस्तै पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकको आधारभुत स्वास्थ्य सेवाको सुबिधालाई थप मजबुत गर्न निजि र सामुदायिक स्वास्थ्य सस्थालाई प्रदेश सरकारले हत्तोतसाहित नगरेर सधै प्रोत्साहन गर्ने बताए । साथै उनले स्वास्थ्य सस्था अरु व्यावसाय जस्तो नभएकाले नेपाल सरकारको अधिनमा रहेर सेवालाई थप नागरिकमैत्री बनाउन आग्रह गरे ।

त्यस्तै चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबिचको समन्वय मार्फत स्थानीय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । उनले युवा उधमीहरुले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर संचालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परिक्षण र एक्सरे गर्न पाल्पा बुटवल पुग्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरिन । ग्रामीण भेगका नागरिकलाई सर्भशुलभ स्वास्थ सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य सेवा प्रालि संचालन गरिएको सस्थाका अध्यक्ष होम बहादुर पल्लीले जानकारी दिए ।

अझै पनि ग्रामीण भेगका नागरिक विभिन्न अन्धबिश्वासको कारण रोग लुकाएर र रोगको पहिचान नभएर ज्यान गुमाउँदै आएको सन्दर्भ उल्लेख गर्दै त्यसको विकल्पको रुपमा सि एन्ड सि स्थापना भएको पल्लीले बताए । स्वास्थ्य सेवा प्रालिले २४ सै घन्टा डाक्टरसहितको इमर्जेन्सी सेवा, डिजिटल एक्सरे र अत्याधुनिक प्रयोगशालासहितको सेवा प्रदान प्रदान गरिने सस्थाका सचीव घनश्याम गौतमले जानकारी दिए ।

कार्यक्रममा स्थापनाको अवसरमा निशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर हरि प्रसाद पन्थी, डा रमेश अर्याल, डा शम्भु खनाल, डा सुमित झालाई सम्मान गरिएको थियो । सि एन्ड सि स्वास्थ्य सेवा प्रालिले एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । आगामी दिनमा समेत विभिन्न रोगका विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरिने सस्थाका सचिब गौतमले बताए ।

सम्बन्धित शिर्षक :