कात्तिक २८ देखि १२ बर्ष भन्दा माथिका यी व्यक्तिले पाउँछन् फाईजर खोप

लुम्बिनी प्रादेशिक अस्पतालमा २ हजारजनालाई फाइजर खोप लगाईने

स्वास्थ्यसमाचार/ अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देही जिल्लामा लुम्बिनी प्रादेशिक अस्पतालमा खोप केन्द्र रहेको र उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप लगाईने बताए ।केन्द्रका अनुसार रुपन्देहीमा २ हजार डोज खोप आउने शर्माले बताए ।

कसले पाउँछन् खोप?

– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

यसका साथै मंसिर ४ गतेसम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको कार्यक्रम रहेको छ ।यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने स्वास्थ्य कार्यलयका खोप अधिकृत शर्माले बताए । लुम्बिनी प्रदेशका ३ अस्पतालमा यो खोप लगाईने भएको छ ।

सम्बन्धित शिर्षक :