काज फिर्ता भएपछि अस्पताल वाट बिदाईभए निवर्तमान मेसु :खनाल

स्वास्थ्यसमाचार /संघअन्तर्गत समायोजन भएका लुम्बिनी प्रादेशिक अस्पतालका निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाल को पदस्थापना भएको कार्यालय कान्ति बाल अस्पताल काठमाडौमा काम काज फिर्ता भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले बिदाई गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति अध्यक्ष सुर्य भट्टराईको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा अस्पतालका प्रमुख कन्सल्टेन्ट अब्स्टेटृसियन तथा गाइनिकोलोजिस्ट डा श्रीधर आचार्य, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले बोल्दै डा खनालको अस्पतालको लागी महत्वपुर्ण योगदान रहेको बताए ।

बिदाई कार्यक्रममा बोल्दै निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले आफु जहा गएपनि अस्पतालको लागी सधै सहयोग गर्ने बताए बिदाई कार्यक्रममा अस्पताल बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ, अस्पतालका बिभागीय प्रमुख वाड ईन्चार्ज प्रशासन स्टोर नर्सिड प्रमुख लगायका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित शिर्षक :