लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको अस्पताल बन्ने

लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच सम्झौता

स्वास्थ्यसमाचार /लुम्बिनी गार्डेन फाउण्डेशनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको आधुनिक अस्पताल निर्माण गरि दिने भएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच अस्पताल बनाउने सम्झौता भएको हो ।

लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ सय शैयाको आधुनिक अस्पताल बनाउने प्रयास सुरु भएको छ ।

विशेष गरि लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो । लुम्बिनीमा आयोजित एक कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले यसको लागी नगरपालिकाले जग्गाको ब्यवस्थापन गरिदिनु पर्ने शर्त अगाडी सारेका छन् ।

जग्गाको ब्यवस्थापन प्रक्रिया पु¥याएर हुँदै गर्ने र अस्पताल निर्माणको पूर्व तयारीहरु सुरु गर्नको लागी सम्झौता भएको हो ।सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिना भित्र जग्गाको ब्यस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १० मा जग्गाको ब्यवस्था गरिएको बताए । जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याई अस्पताललाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको चौधरीले जनाए ।
सम्झौता कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले लुम्बिनी अहिले पनि धेरै कुरामा पछाडी रहेको बताए । उनले फाउण्डेशनको सहयोगमा यस क्षेत्रमा अस्पताल निर्माण सुखद सुरुवात रहेको बताए ।

यस अघि लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत अन्य नगरपालिका र फाउण्डेशन बिचको सहकार्यमा हुने कामहरुको बारे केही दुविधा रहे पनि यसले त्यस्ता दुविधाहरु चिरेको बताए ।यसै बिच लुमिबनी गार्डेन फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका बिभिन्न बिषयमा सहयोग गर्ने गरि सम्झौता भएको छ । वातावरण, सरसफाई, संस्कृति, कृषि लगायतका क्षेत्रहरुमा सहकार्य हुने गरि सम्झौता भएको हो ।

सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरेका थिए ।यस्तै कार्यक्रममा लुम्बिनी स्मारिका समेत बिमोचन गरिएको थियो । कार्यक्रमकै अवसर पारे फाउण्डेशनले आफ्ना ७१ जना आजिवन सदस्यहरुलाई सदस्यता समेत बितरण गरेको थियो ।

 

सम्बन्धित शिर्षक :