काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालको स्तर खस्किएकोमा चासो व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार र मंगलबार सचिवहरुलाई निर्देशन दिदैं प्रधानमन्त्रीले सरकारी अस्पताल र सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् । सचिवहरुलाई दिइएको ३० बुँदे निर्देशनको एउटा बुँदामा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ ।’ उनले अर्को बुँदामा सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १…
स्वास्थ्य सेवा विभाग
स्वास्थ्य सेवा बिभागद्धारा ९सय २८ स्वास्थ्यकर्मीको स्तरवृद्धि
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ।विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो। बढुवाको सुची हेरौ । स्वास्थ्य विभागले गर्यो ९ सय २८ कर्मचारीको स्तरवृद्धि
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै
स्वास्थ्यसमाचार/ सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको…
