लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा…