सरकारी अस्पतालमा ‘सुलभ फार्मेसी’ कि अस्पताल फार्मेसी निर्देशिकाको प्रभावकारी कार्यान्वयन?

नेपालको स्वास्थ्य प्रणालीलाई गुणस्तरीय, सुरक्षित र बिरामी–केन्द्रित बनाउने लक्ष्यका साथ सरकारले विभिन्न नीति, ऐन, नियम र निर्देशिकाहरू जारी गर्दै आएको छ। यिनैमध्ये अस्पतालभित्र सञ्चालन हुने औषधि सेवालाई व्यवस्थित, वैज्ञानिक र उत्तरदायी बनाउन जारी गरिएको अस्पताल फार्मेसी निर्देशिका एउटा महत्वपूर्ण नीतिगत दस्तावेज हो। यसले अस्पताल फार्मेसीको संरचना, सञ्चालन प्रणाली, योग्य जनशक्ति, औषधि व्यवस्थापन, बिरामी परामर्श तथा औषधिको सुरक्षित र विवेकपूर्ण प्रयोगलाई संस्थागत गर्ने स्पष्ट मार्गनिर्देशन गरेको छ। तर विडम्बना, सरकारले आफैं जारी गरेको निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुको सट्टा सरकारी अस्पतालहरूमा पुनः ‘सुलभ फार्मेसी’ जस्ता समान प्रकृतिका संरचना विस्तार गर्ने चर्चा…

तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको घर दैलोमै पुगेर निःशुल्क उपचार गराउन तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन शुरु गरेको छ।नगरभरिका १७ वटै वडामा संचालन गरिने सो कार्यक्रमको आज तिलोत्तमा–६ स्थित पश्चिम पहुनीमा शुरुवात भएको छ। नागरिकको सबैभन्दा ठुलो कुरा भनेको उनीहरुको स्वास्थ्य भएकाले अस्पताल, स्वास्थ्य चौकी जान नसक्ने र सहारा नभएका ज्येष्ठ नागरिकलाई घरकै आगनमा डाक्टर बोलाएर निशुल्क चेक जांच उपचार र परामर्श दिने कार्यको शुरुवात गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। बृद्धबृद्धाहरु नगर र समाजको खम्बा भएकाले उनीहरुको स्वास्थ्यको ख्याल परिवारसंगै समाजका अगुवाहरुले पनि गर्नुपर्ने…

तिलोत्तमाको सेमरा बजार स्वाथ्य चौकीमा एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको सेमराबजार स्वाथ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सुरुवात गरिएको छ । रोटरी क्लव अफ रुपन्देहीले केही समयपहलिा उपलब्ध गराएको उपकारणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरिएको हो । आईतबार स्वाथ्य चौकीमा एक कार्यक्रमको आयोजनागरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । सेवा सुरुवात कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सेमराक्षेत्रका स्थानीय, गर्भभवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव…