तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

स्वास्थ्यसमाचार/ स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको घर दैलोमै पुगेर निःशुल्क उपचार गराउन तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन शुरु गरेको छ।नगरभरिका १७ वटै वडामा संचालन गरिने सो कार्यक्रमको आज तिलोत्तमा–६ स्थित पश्चिम पहुनीमा शुरुवात भएको छ। नागरिकको सबैभन्दा ठुलो कुरा भनेको उनीहरुको स्वास्थ्य भएकाले अस्पताल, स्वास्थ्य चौकी जान नसक्ने र सहारा नभएका ज्येष्ठ नागरिकलाई घरकै आगनमा डाक्टर बोलाएर निशुल्क चेक जांच उपचार र परामर्श दिने कार्यको शुरुवात गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। बृद्धबृद्धाहरु नगर र समाजको खम्बा भएकाले उनीहरुको स्वास्थ्यको ख्याल परिवारसंगै समाजका अगुवाहरुले पनि गर्नुपर्ने…

तिलोत्तमाको सेमरा बजार स्वाथ्य चौकीमा एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको सेमराबजार स्वाथ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सुरुवात गरिएको छ । रोटरी क्लव अफ रुपन्देहीले केही समयपहलिा उपलब्ध गराएको उपकारणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरिएको हो । आईतबार स्वाथ्य चौकीमा एक कार्यक्रमको आयोजनागरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । सेवा सुरुवात कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सेमराक्षेत्रका स्थानीय, गर्भभवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव…